बुटवलस्थित एक होटलमा एक महिला र एक पुरूष मृत फेला

३१साउन     रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङ्गको कुमपुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा दुबै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक/डेढ महिनादेखि महिला हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।         दुबैजनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।

अनलाइन खबरले समाचार लेखेको छ।

बिज्ञापन
ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता