जन्मदिनमा अवसरमा आश्रमलाई खाध्यान्न सहयोग

साउन 30 दाङ
घोराही उपमहानगरपालिका वडा नम्बर ५ घर भै हाल लमही नगरपालिका ५ बस्ने सुमन शर्माले आज आफ्नो जन्मदिनको उपलक्ष्यमा राप्ती गाउँपालिका स्थित पिपरिमा रहेको निलसागर सेवा आश्रमलाई खाध्यान्न सहयोग गर्नु भएको छ । उक्त आश्रममा रहेका २५ असाय वृद्ध, सडक मानव हरुको आवश्यकता लाई महसुस गरि नमकिन, फलफुल ,बिस्कुट ,भुजा, चिउरा लगायतका खाध्य सामाग्री प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा सहयोग गर्नु भएकोमा निल सागर सेवा आश्रमका संचालिका मन्जु बिस्टले धन्यवाद ज्ञापन सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।                    सुमन शर्मा हाल सगरमाथा इन्स्योरेन्स कम्पनि लमही शाखाको शाखा प्रबन्धक हुनुहुन्छ । त्यस्तै लमही नगरपालिका ५ रातोडाडा निबासी शरद भट्टराईले साउनको अन्तिम सोमबार भएको अवसरमा निलसागर समाजलाई दाल,सोयबिन ,चिउरा,आदि खाध्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।समाज सेवा एबम असाय वृद्ध हरुलाई यसरी सहयोग गर्न पाएको मा निलसागर समाजलाइ धन्यवाद प्रकट गर्नु भएको थियोे ।

ताजा
३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न
प्ले ग्रुपमा निशुल्क भर्ना : मनकामना
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

संबन्धित समाचार

३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

प्ले ग्रुपमा निशुल्क भर्ना : मनकामना

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने