अध्यापन अनुमतिपत्रको परीक्षा : टिकटक बनाउनेको परीक्षा रद्द

काठमाण्डौ : शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

बिज्ञापन

यही कारण उनलाई निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र दुई वर्षसम्म निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त दिन वा प्रतिस्पर्धा गर्न रोक लगाइएको शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जनाएको छ ।

ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता