दाङमा मोटरसाइकल ठोक्किदा दुई चालक घाईते

३० साउन, दाङ –
दाङमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना चालक घाईते भएका छन । तुलसीपुरबाट घोराही तर्फ आउदै गरेको रा ७ च ६४७५ नंम्बरको मोटरसाईकल र विपरीत दिशाबाट गईरहेको रा २ च ८४९४ नंम्बरको मोटरसाईकल घोराही १० गोलौरामा आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाईते हुनेमा मोटसाइकल चालक घोराही उपमहानगरपालिका १० गोलौरा बस्ने १७ बर्षिय सविन कुमाल र तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ४४ बर्षिय रमेश कुमार घर्ति रहेको प्रहरीले बताएको छ । घाईते दुबै जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।।

बिज्ञापन
ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर