प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारि

काठमाडौं, साउन ३० । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ ।

  • आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए ।

बिज्ञापन

‘एक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नेगरी ८ करोड मतपत्र छाप्नेगरी आयोगले तयारी गरिरहेको छ, एउटा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्र र अर्कोमा सोहीबमोजिम दुईवटा गरी चारवटा मतपत्र रहन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

आयोगले दुवै निर्वाचनका लागि प्रत्यक्ष तर्फ २÷२ करोड गरी ४ करोड र समानुपातिकतर्फ पनि २÷२ करोड गरी ४ करोड गरी कुल ८ करोड मतपत्र छाप्नेछ ।

नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहनेगरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय १० जना गरी प्रतिनिधि सभामा कुल २ सय ७५ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

बिज्ञापन

यसैगरी, प्रदेश सभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी नेपालका सातवटै प्रदेशमा गरी प्रदेश सभामा कुल ५ सय ५० सदस्य रहने व्यवस्था छ ।

आयोगका प्रमुख आयुक्त थपलियाले प्रत्यक्षतर्फको निर्वाचनका लागि जुन निर्वाचन क्षेत्रमा जुन दलका उम्मेदवार कायम रहन्छन् ती दलका मात्रै निर्वाचन चिह्न हुनेसमेत बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न भने मतपत्रमा नराखिने उनले बताएका हुन् ।

‘जुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जसको उम्मेदवार छन् उनीहरूको चिह्न मतपत्रमा हुन्छ, उम्मेदवार नहुनेको चिह्न हुँदैन,’ प्रमुख आयुक्त थपलियाले अघि भने ।

प्रमुख आयुक्त थपलियाले आइतबार ललितपुरको हिमालय होटलमा आयोजित निर्वाचन आयोग र सम्पादकसँगको अन्तत्र्रिmयामासमेत सो धारणा राखेका थिए । मतपत्रमा सो किसिमको व्यवस्था गर्दा बदर मत घट्ने आयोगको भनाइ छ । राजधानी दैनिकबाट

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण