🎧 Radio Namaste

दुर्घटनामा एकैघरका दुई सहित ३ जनाको मृत्यु

प्युठान।प्युठानको नौबहिनी गाउंपालिका -६ बहाने नजिक खहरेखोलामा आईतबार सांझ भएको जीप दुर्घटनामा एकैघरका दुई सहित ३ जनाको मृत्यु भएको छ। प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नंवरको जीप दुर्घटना हुँदा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ४ बर्षिया करुणा बुढा मगर र सोही ठाउँ निबासी जिप चालक समेत रहेका २५ बर्षिय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनुभयो। दुर्घटनामा १५ जना घाईते भएका छन।घाईतेको बिजुवार अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।
अनियन्त्रीत भई जीप सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटनामा परेको हो।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर