तुलसीपुर– ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन सम्पन्न 

२९ साउन  दाङ

तुलसीपुर उपमहानगरपालिका वडा नं. – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ ।

तुलसीपुर नगर कमिटि सभापती चित्र कुमार स्वर्णकारको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको अध्यक्षमा गायत्री ओली केसी, उपाध्यक्षमा जानकी शाहु, सचिवमा डिल्लिराज न्यौपानेलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा शिशिर चौधरी, सविता शाह, भागिराम चौधरी, ईश्वरी केसी, राजेश कुमार चौधरी, पवित्रा गिरी, गोविन्द विश्वकर्मा र सुनिल विक रहेको नगर उपसभापती मनिषा रेग्मीले जानकारी दिनुभयो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै सभापति स्वर्णकारले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको भन्दै मुलुकका विकृति र विसंगतिलाई समाप्त गर्दै मुलुकलाई विकासको गतिमा अगाडी लैजाने बताएका थिए । भने कार्यक्रमको सहजीकण सचिव मेघराज केसीले गरेका थिए।

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण