🎧 Radio Namaste



तुलसीपुर– ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन सम्पन्न 

२९ साउन  दाङ

तुलसीपुर उपमहानगरपालिका वडा नं. – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ ।

तुलसीपुर नगर कमिटि सभापती चित्र कुमार स्वर्णकारको अध्यक्षतामा भएको भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको हो । जसको अध्यक्षमा गायत्री ओली केसी, उपाध्यक्षमा जानकी शाहु, सचिवमा डिल्लिराज न्यौपानेलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा शिशिर चौधरी, सविता शाह, भागिराम चौधरी, ईश्वरी केसी, राजेश कुमार चौधरी, पवित्रा गिरी, गोविन्द विश्वकर्मा र सुनिल विक रहेको नगर उपसभापती मनिषा रेग्मीले जानकारी दिनुभयो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै सभापति स्वर्णकारले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको भन्दै मुलुकका विकृति र विसंगतिलाई समाप्त गर्दै मुलुकलाई विकासको गतिमा अगाडी लैजाने बताएका थिए । भने कार्यक्रमको सहजीकण सचिव मेघराज केसीले गरेका थिए।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु