पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • दाङ, २८ साउन ।  दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुका निवासी २६ बर्षिय निराजन पोख्रेल रहेको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिए ।

पोख्रेल शनिबार साथिहरुसंग नुहाउन घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन खोला र मसोट खोलाको दोभानमा पुगेका थिए । दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सुचना पाए लगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोख्रेल खोँचमा अड्किएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । निराजन आफ्ना अन्य २ जना साथि सहित पौडि खेल्न पुगेको बताइएको छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर