- घोराही, २८ साउन । नेपाल मगर विद्यार्थी संघ दाङको नयाँ कार्य समिति गठन सम्पन्न भएको छ । ‘सम्पूर्ण मगर विद्यार्थी एक हौँ’ भन्ने नारा बोकेको नेपाल मगर विद्यार्थी संघ दाङले १३ जिल्ला अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको छ ।
नेपाल मगर विद्यार्थी संघ दाङ जिल्ला अध्यक्ष प्रकाश पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा दाङ जिल्ला इन्चार्ज सितलाल बुढा मगरको प्रमुख आतिथ्यता एवं नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य हिरा पुन मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा बोल्नेहरुले मगर जातिहरुको पहिचान र कला संस्कृतिलाई बचाउँदै हरेक क्षेत्रमा क्रियाशिल भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
- त्यस्तै विशिष्ट अतिथि हिरा पुनले कुनै पनि अधिकार प्राप्तिको लागि स्वस्पुर्त रुपमा नआउने भएकाले आफैबाट संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले मगरहरुको शैक्षिक गुणस्तरमा पनि सुधार गर्नुपर्ने बताउनुभयो । आफ्ना छोराछोरीको पढाइलेखाइ देखि उनीहरुको चाहाना अनुसार व्यावहारिक बनाउने तिर प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो ।
नयाँ कार्य समिति
नेपाल मगर विद्यार्थी संघको १३ औँ जिल्ला अधिवेशनबाट दाङ जिल्ला अध्यक्षमा गुम्धन रोका मगर चयन हुनुभएको छ । रोकाको नेतृत्वमा पन्ध्र सदस्यीय कार्य समिति चयन गरिएको छ । जस्को उपाध्यक्षमा कृष्ण पुन मगर, सचिवमा रोम थापा मगर, सहसचिवमा टोपजंग घर्ति मगर र कोषाध्यक्षमा आँचल रोका मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा आयुष्मा घर्ति मगर, सानु घर्ति मगर, हिमाल पुन मगर, बिमला रोका मगर, युगान्त बुढा मगर रहनुभएको छ । त्यस्तै प्रतिक्षा पुन मगर, सुरेस रोका मगर, ओषण पुन मगर, समीर रोका मगर र एरोन रोका मगर रहनुभएको छ ।


