🎧 Radio Namaste



लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय द्वारा बंगलाचुली गापालाई उपकरण प्रदान

कमिरेचौर २८ साउन
लुम्विनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङको बंगलाचुली गाउँपालिकालाई विभिन्न प्रकारका स्वास्थ्य उपकरण दिएको छ ।मन्त्रालयले करिव १६ लाख बराबरको डिजीटल स्वास्थ्य उपकरण पालिकालाई उपलब्ध गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार मन्त्रालयले ऐक्सरे मेसिन एउटा, ईसीजी मेसीन एउटा,प्यासेन्ट मनिटर मेसीन एउटा र युएसजी मेसीन एउटा गरी जम्मा १५ लाख ८३ हजार ५ सय ३७ को स्वास्थ्य उपकरणहरु गाउँपालिकालाई दिएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सी राम पुन शुवासको विशेष पहलमा लुम्विनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले स्वास्थ्य उपकरणहरु दिएको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले भन्नु भयो,” मैले स्वाथ्य मन्त्री ज्यूलाई अस्पतालको स्वाथ्य उपकरणका लागि पहल गरेको थिँए । उहाँ कै सिफारिसमा अहिले सो सामग्रीहरु मन्त्रालयले गाउँपालिकालाई उपलब्ध गराएको हो ।” अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाका नागरिकलाई पालिका भित्रै गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफुहरुले हरेक प्रयत्न जारी राखेको बताउनु भयो ।

बिज्ञापन

।सम्भवत नेपालमै १५ शैय्या अस्पताल संचालन गर्ने पहिलो पालिकामा बंगलाचुली गाउँपालिका रहेको छ । पालिकाले संचालन गरेको अस्पताल बाट हाल प्रसुती सेवा,ओपिडि सेवा, विरामिलाई आवश्यक पर्ने निशुल्क औषधी वितरण जस्ता सेवा प्रभाव भईरहेको अस्पतालका प्रमुख सिअहेव अधिकृत नेव बहादुर केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार हाल बंगलाचुली अस्पतालको अन्य भौतिक निर्माणका कामरु पनि धमाधम चलिरहेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर