रुकुम पूर्व प्रमुख नायब उपरीक्षक (डिएसपी) डाँगीसहित चार जना घाइते

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको छ ।

जीप दुर्घटनामा परि नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक (डिएसपी)  प्रकाश डाँगीसहित चार जना घाइते भएका छन ।

बिज्ञापन

घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको सरकारी जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले भएका छन

यस्तै दुर्घटनामा सशस्त्र प्रहरी बल रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक (डिएसपी)  रविन श्रेष्ठ घाइले हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार थिए ।

बिज्ञापन

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो  । घटनाको थप विवरण आउँन बाँकी छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर