🎧 Radio Namaste



राप्ती गाउँपालिकालाई देशकै नमूना पालिका बनाउनुपर्छ: अध्यक्ष बिष्ट

२८ श्रावण २०७९, शनिबारराप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सबै युवा मिलेर गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउनुपर्नेमा जाेड दिनभएको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित बृक्षारोपण कार्यक्रमको समापन गर्दै अध्यक्ष बिष्टले सो कुरा बताउनु भएको हो ।अध्यक्ष बिष्टको अनुसार ” युवा भनेको वायु हो युवाशक्तिले चाहेमा जस्तो सुकै परिवर्तन गर्न सकिन्छ राप्ती गाउँपालिकाका सवै युवाहरूलाई समाबेश गरि नमुना गाउँपालिका वनाउनु पर्छ ” ।।

सबै युवाहरूलाई गलत कार्य गर्नबाट रोकि नमुना काम गर्न उत्पेरित गर्ने पनि बताउनु भएको थियो ।
उक्त समापन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी , वडा नम्बर ५ का वडा अध्यक्ष देब प्रसाद चौधरी , वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ , माबी मौरिघाटका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुकुम बहादुर बस्नेत लगायत ले आफ्नो बिचार राख्नु भएको थियो ।   

बिज्ञापन

कार्यक्रमको संचालन शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिकले गर्नु भएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर