जन्मदिनमा खाध्यान्न सहयोग

२२ साउन, लमहि दाङ 

तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भै हाल लमही नगरपालिका ५ बस्ने छबिलाल भण्डारीले आज आफ्नो जन्मदिनको उपलक्ष्यमा राप्ती गाउँपालिका स्थित पिपरिमा रहेको  निलसागर सेवा आश्रमलाई खाध्यान्न सहयोग गर्नु भएको छ । उक्त आश्रममा रहेका २५ असाय वृद्ध, सडक मानव हरुको आवश्यकता लाई महसुस गरि नमकिन, फुरन्दाना, बिस्कुट ,भुजा, चिउरा, चप्पल लगायतका सामाग्री प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा सहयोग गर्नु भएकोमा निल सागर सेवा आश्रमका  संचालिका मन्जु  बिस्टले धन्यवाद ज्ञापन सहित शुभकामना व्यक्त गर्नु भएको थियो । छबिलाल भण्डारी हाल मेगा बैंक नेपाल लिमिटेड लमही शाखाको शाखा प्रबन्धक हुनुहुन्छ ।
ताजा

संबन्धित समाचार

pokhara

पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

rekha-sharma-and-shankar-pokheral

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता

ghi

डिभाईन टेम्पल एकेडेमीमा मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

sandeep

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश