🎧 Radio Namaste



मेगा बैंकद्वारा खगेन्द्र नवजीवन केन्द्र घोराहीलाई फ्रीज बितरण

मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेश अन्तरगत  दाङ शाखाले शनिबार फ्रीज हस्तान्तरण गरेको छ । मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो  आम्दानी  बाट थोरै भएपनी सामाजिक सेवामा लगाउने सोचका साथ सानो सानो रकम  स्वेच्छिक रुपमा  संकलन गरि सो  रकमबाट  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत दाङको घोराहीमा  रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नबजिबन केन्द्र लाई फ्रीज  वितरण गरेको हो ।
बैंकले सहयोग स्वरुप प्रदान गरिएको फ्रीजले त्यहा रहेका खाने कुरा तथा औषधि अन्य चिज हरु सुरक्षित रहनलाई मद्दत पुग्ने विश्वास गरिएको छ । घोराही शाखाका शाखा प्रबन्धक बिबेक आचार्यको सभापतित्व  एबम खगेन्द्र नबजिवन केन्द्र दाङका अध्यक्ष शरद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा  मेगा बैंक नेपाल लिमिटेड लमही शाखाका प्रमुख छबिलाल भन्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अथिती सरद अधिकारीले यसरी बैंकले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै सम्बन्ध मिठो एबम दिगो हुनु पर्ने र हुनेछ भन्ने बिस्वाश लिएको बताउनु भएको थियो । उक्त कार्यक्रममा घोराही शाखा का साथै अन्य शाखाहरु लमही तथा तुल्सिपुर शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  बैंकका कर्मचारी पुष्प वलिले मासिक रुपमा ५०००/- खगेन्द्र नवजीवन केन्द्र लाई दिने घोषणा गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण लमही शाखाका मनिश सेढाईले गर्नु भएको थियो । बैंकले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको र   र आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत  जनाएको छ । साथै बैंकले लुम्बिनी प्रदेशका विभिन्न ६ स्थानमा यसै महिना यस्तै सामाजिक  कार्यहरु सम्पन्न गर्न गइरहेको मेगा बैंक  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडेलले जानकारी दिनुभयो ।
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर