आज घोराहीमा बैंकर्स क्लब पुनर्गठन भएको छ । आज घोराही मा बसेको बैठकले डिल्लिराज भुसालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिती रहनेगरी पुनर्गठन गरिएको हो । क्लबका उपाध्यक्षमा सन्दिप गौतम,सचिबमा कमल रेग्मी,कोषाध्यक्षमा बिबेक आचार्य र सदस्यहरुमा मिगल सि ठकुरी ,प्रदिप भुसाल ,सुशील पोख्रेल रहनु भएको छ । त्यस्तै पदेन सदस्यहरुमा सम्पुर्ण बैंकका शाखा प्रबन्धक रहनु हुने छ । त्यस्तै सल्लाहकारहरुमा पुर्ब अध्यक्ष पदम कुमार के.सि.,उज्ज्वल के.सि.,सन्जिब ढुङ्गेल र हिमाल महेश्वोरी शर्मा रहनु भएको छ । पुर्ब अध्यक्ष तथा पुर्नगठित क्लबका सल्लाहकार पदम कुमार के.सिको अध्यक्षता मा बसेको बैठकले क्लबमा आवद्ध हुन चाहनुहुने सबै शाखा प्रबन्धक एबम आज उपस्थित हुन नसक्नु भएका लाई स्वागत गर्ने निर्णय गरिएको क्लबका सचिब कमल रेग्मिले जानकारि दिनु भयो ।