माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज द्वारा राजिनामा

नेकपा माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आज घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

गौतमले माओवादी पार्टी कम्युनिष्ट नरहेको पार्टीभित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि पार्टी परित्याग का साथै राजीनामा दिएको  बताएका छन् । उनले माओवादीले एमसीसी पास गरेर रास्ट्रघात गरेको आरोप समेत लगाए ।

बिज्ञापन

१२ हजार ८२ मत लिएर तेस्रो स्थानमा रहेका गौतम २०७४ को स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरमा प्रतिष्पर्र्धी थिए ।

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण