१२ औं राष्ट्रिय जनगणना भोलिदेखि शुरु

१२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।

राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् ।

बिज्ञापन

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८५०० जना गणक खटिएका छन् ।

उनीहरुलाइ दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । कुल २२५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागले जनाएको छ ।

जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गरे । जनगणनामा भाग लिनु कर्तव्यसमेत भएको भन्दै उनले कसैले पनि नाइ भन्न नपाउने बताए ।

बिज्ञापन

एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए ।

अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।

Source:Onlinekhabar.com

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण