🎧 Radio Namaste



चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग असोज ९ देखि

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।

आयोजकले बुधबार सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

बिज्ञापन

आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।

१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ । च्याम्पियन टीमले नगद ५० लाख प्राप्त गर्नेछन् ।

बिज्ञापन

लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

 

online khabar

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर