🎧 Radio Namaste



चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग असोज ९ देखि

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।

आयोजकले बुधबार सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

बिज्ञापन

आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।

१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ । च्याम्पियन टीमले नगद ५० लाख प्राप्त गर्नेछन् ।

बिज्ञापन

लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

 

online khabar

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु