🎧 Radio Namaste



सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने

सरकारले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल असोज १ गतेदेखि सञ्चालन गर्ने भएको छ । दसैँ तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै सरकारले सहुलियत पसलसँगै बजार अनुगमन, यात्रु व्यवस्थापनलगायत कार्य सुरु गर्ने तयारी गरेको छ ।

मुख्यसचिवको नेतृत्वमा हिजो सम्पन्न बैठकले सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापनलगायतका कार्य भौतिक र पूर्वाधार, यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत मिलाउने निर्णय गरेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान, साल्ट टे«डिङ कर्पोरेसनसहितको बैठकले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो।सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने जनाइएको छ ।

बिज्ञापन

उपभोक्ताले चिनीमा प्रतिकिलो पाँच, नुनमा प्रति किलो दुई, चामलमा प्रतिकिलो पाँच, गेडागुडी र खसीबोका जिउँदोको प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन्।खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत छुटमा सामान बिक्री हुनेछ। यस्तै दुग्ध विकास संस्थान (डीडीसी)ले पनि घिउ, पनिरलगायतका उत्पादन सुपथ पसलमा राख्ने तयारी गरेको छ। अत्यावश्यक वस्तुमा छुट दिन मन्त्रालयले खाद्य कम्पनीलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ।कम्पनी र कर्पाेरेसनले उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएका छन् ।

यसैबीच दसैँलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार खसीबोका खरिद गर्ने भएको छ। कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने जनाएको छ।दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ।

kanika khabar

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर