🎧 Radio Namaste



मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

२३ साउन,घोराही ।

मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले आज एक कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

घोराही उपमहानगर पालिका वार्ड न १८ को मसिना स्थित कालिका धर्मशाला मा स्थानियहरु सँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा घोराही शाखाका अप्रेशन इन्चार्ज मधु सुदन भट्टराईले बैंक तथा कार्यक्रमका बिषयमा प्रस्ट पार्नु भएको थियो । ३० देखी ३५ को संख्यामा उपस्थित रहेको उक्त कार्यक्रममा कर्जा बिभागका पुष्प वली ले बैंकले दिने कर्जा सेवाका साथ-साथै कर्जाका बेला आवश्यक कागज पत्र के-के हुन्छन भन्ने बिषयमा जानकारी गराउनु भएको थियो । बैंकका शाखा प्रबन्धक बिबेक आचार्यले बैंक का सेवा तथा बैंकका बचत योजना अनी बैंकिङ क्षेत्रमा के कारणले समस्या उत्पन्न हुन्छन भन्ने बिषयमा जानकारी गराउनु का साथै सम्पूर्ण उपथितीमा धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा कालिका मन्दिर ब्यबस्थापन समितीका उपाध्यक्ष जिबराज पौडेल ,पुरन महरा ,मेघराज अर्याल , हेमराज सुबेदी ,गोपाल कुवर लगायत ले आफ्नो भनाई राख्नु भएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर