बलात्कार गरेको आरोपमा रोल्पाका दुई जना पक्राउ

दाङमा दई किशोरीलाई होटलमा राखि बलात्कार गरेको आरोपमा रोल्पाका दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि श्याम अर्यालका अनुसार पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका २ निबासी २२ बर्षका देवराज वली र सोही ठाउँका १८ बर्षका पोखराज वली रहेका छन् ।

तुलसीपुरको बस पार्कमा रहेको ग्रयान्ड भ्याली होटेलमा असार १५ गते राति १३ बर्ष र १६ बर्षकी किशोरीलाई बलात्कार गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले हिजो ती युवकलाई पक्राउ गरेको हो ।

बिज्ञापन

बालिकाका आफन्तले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले बलात्कार मुद्दा चलाएको छ । आरोपी युवकसंगै पक्राउ परेका होटेल संचालक तुलसीराम घर्तीलाई प्रहरीले तारेखमा छोडेको छ ।

मुलुकी अपराध संहितामा बालिकालाई इच्छा बमोजिम यौन सम्पर्क गरेपनि जबरजस्ती करणी मान्ने भएकाले मुद्दा अनुसन्धानको क्रममा होटेल संचालक घर्ती घटनामा संलग्न रहेको पाइएमा उनीहरु विरुद्ध पनि मुद्दा चल्ने प्रहरीले बताएको छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर