🎧 Radio Namaste



बलात्कार गरेको आरोपमा रोल्पाका दुई जना पक्राउ

दाङमा दई किशोरीलाई होटलमा राखि बलात्कार गरेको आरोपमा रोल्पाका दुई जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि श्याम अर्यालका अनुसार पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका २ निबासी २२ बर्षका देवराज वली र सोही ठाउँका १८ बर्षका पोखराज वली रहेका छन् ।

तुलसीपुरको बस पार्कमा रहेको ग्रयान्ड भ्याली होटेलमा असार १५ गते राति १३ बर्ष र १६ बर्षकी किशोरीलाई बलात्कार गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले हिजो ती युवकलाई पक्राउ गरेको हो ।

बिज्ञापन

बालिकाका आफन्तले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले बलात्कार मुद्दा चलाएको छ । आरोपी युवकसंगै पक्राउ परेका होटेल संचालक तुलसीराम घर्तीलाई प्रहरीले तारेखमा छोडेको छ ।

मुलुकी अपराध संहितामा बालिकालाई इच्छा बमोजिम यौन सम्पर्क गरेपनि जबरजस्ती करणी मान्ने भएकाले मुद्दा अनुसन्धानको क्रममा होटेल संचालक घर्ती घटनामा संलग्न रहेको पाइएमा उनीहरु विरुद्ध पनि मुद्दा चल्ने प्रहरीले बताएको छ ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु