🎧 Radio Namaste



घोराही उपमहानगरपालिकाले गर्याे २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८र७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नवौँ नगरसभामा आज नगर उपप्रुमख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि विकास तर्फ एक अर्व ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालु तर्फ एक अर्व १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

बिज्ञापन

उक्त खर्च व्यहोर्ने स्रोत मध्य घर जग्गा रजिष्ट्रेशनबाट २५ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३४ करोड ५० लाख, संघीय राजस्व बाँडफाँडबाट २१ करोड २६ लाख ९८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ५ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, संघीय सशर्त अनुदानबाट ६४ करोड ४८ लाख, संघीय समपुरक अनुदानबाट एक करोड ४ लाख र संघीय बिशेष अनुदानबाट ३ करोड ५३ लाख रुपैयाँ व्यहोरीने उपप्रमुख सिग्देलले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेश समानिकरण अनुदानबाट एक करोड ६७ लाख ४ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ४ करोड १८ लाख ४५ हजार, प्रदेश सशर्त अनुदानबाट ५ करोड १० लाख ४४ हजार, प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश बिषेश अनुदानबाट ८० लाख रुपैयाँ व्यहोरीने भएको छ ।

बिज्ञापन

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु