🎧 Radio Namaste



दाङमा असार १५ गते सम्म लकडाउन

दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको मंंगलबार बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो ।

साथै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । बुधबारदेखि सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था विहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् ।

बिज्ञापन

अहिले यी कार्यालय एवं संस्था दिउँसो २ बजे सम्म खुल्दै आएका थिए । त्यसैगरी, बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिनुभएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर