सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप

रूपन्देहीमा एक हप्ताका लागी निषेधाज्ञा थप गरिएको  छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति रूपन्देहीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ।। 

बिज्ञापन

समितिको निर्णय अनुसार जिल्लामा रहेका सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिए पनि सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने रोक लगाइएको छ।

मंगलबारदेखि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको निजी सवारी साधन सञ्चालन गर्न पाइने छ।

बैठकले विवाहको लागि दुइटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने भए पनि भेला, भीडभाड, महोत्सव, सभा, जुलुसलगायत मानिसको भीडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन।

बिज्ञापन
ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर