🎧 Radio Namaste



सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप

रूपन्देहीमा एक हप्ताका लागी निषेधाज्ञा थप गरिएको  छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति रूपन्देहीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ।। 

बिज्ञापन

समितिको निर्णय अनुसार जिल्लामा रहेका सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिए पनि सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने रोक लगाइएको छ।

मंगलबारदेखि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको निजी सवारी साधन सञ्चालन गर्न पाइने छ।

बैठकले विवाहको लागि दुइटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने भए पनि भेला, भीडभाड, महोत्सव, सभा, जुलुसलगायत मानिसको भीडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर