🎧 Radio Namaste



१६ डीआईजीहरुको सरुवा ,सीआईबीको जिम्मेवारीमा धिरजप्रताप सिंह

  गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए ।

बिज्ञापन

हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।

गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन् ।

यसैबीच गृहमन्त्री स्तरीय निर्णयबाट १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर