अहिलेसम्म निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगरिरहेको बेला पहिलोपटक दाङकाे घोराहीमा रहेकाे मितेरी हस्पिटल प्रालिले कोरोना संक्रमितको उपचार गर्न आइसोलेशन बनाएको छ ।
१५ वटा आइसोलेशन बेड सहित शुरु गरिएको आइसोलेशनमा कोरोना संक्रमितहरुलाई पनि भर्ना लिन शुरु गरिएको छ । आज बिहिबार साँझसम्म आठ जना कोरोना संक्रमित भर्ना भइसकेका छन् । भर्ना भएका संक्रमितहरुलाई अक्सिजन सहितको सेवा शुरु गरिएको छ ।
बिज्ञापन



आइसोलेशनमा अक्सिजनसहितका बेड राखिएको छ । आइसोशनमा मेडिकल अधिकृत सहितका स्वास्थ्यकर्मी २४ सै घण्टा रहनेछन् भने दुई जना बिशेषज्ञ पनि रहने छन । प्रदेश सरकारको सहयोगमा तरकारी बजारका लागि बनाइएको वडाकाे सार्वजनिक भवनमा आइसोशन बनाइएकाे हाे ।