🎧 Radio Namaste



पत्रकार महासंघका केन्द्रीय अध्यक्षले बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालसँग गरे छलफल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कोरोना संक्रमित र अस्पताल ब्यवस्थापनका बिषयमा दाङ बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालसँग छलफल गरेका छन् । केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका पोखरेलले अस्पतालमा पुगेर अस्पताल व्यवस्थापक दोर्ण ओलीसँसँग त्यहाँ उपचाररत बिरामीहरुको अवस्था, तथा अस्पतालको ब्यवस्थापकीय पाटोका बिषयमा छलफल गरेका हुन् ।

केन्द्रीय अध्यक्ष पोखरेल र नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुदीप गौतम अस्पताल प्रशासनसँग छलफलका लागि बेलझुण्डी पुगेका थिए ।
त्यस क्रममा उनले जिल्लामा सञ्चालन भएको कोरोना विशेष अस्पतालले कोरोनाबाट हुन सक्ने सम्भावित ठूलो मानवीय क्षतिलाई रोकेको बताए ।

बिज्ञापन

‘दाङमा रहेको कोरोना बिशेष अस्पतालले जिल्लामा कोरोनाबाट हुन सक्ने सम्भावित ठूलो मानवीय क्षतिलाई रोेकेको छ,’ व्यवस्थापक ओलीसंगको छलफलका क्रममा अध्यक्ष पोखरेलले भने ‘ब्यवस्थापकीय चुनौतीहरु कैयन होलान्, तर पनि ती चुनौतीहरु सामना गर्दै तपाईहरुले जिल्लाबासीको उपचार गर्ने भरपर्दो थलोका रुपमा यो अस्पताललाई स्थापित गर्नु भएको छ , यसका लागि अस्पतालको सम्पूर्ण ब्यवस्थापकीय टिम तथा स्वास्थ्यकर्मीहरु प्रति सम्मान छ ।’

कोरोना कहरबाट आजित जिल्लावासीहरुको ज्यान जोगाउने भरपर्दो थलो यो अस्पताललाई जनशक्तिको पर्याप्तता तथा ब्यवस्थापन पक्षलाई थप बलियो बनाएर नागरिकको उपचारलाई थप प्रभावकारी बनाउन पोखरलेलले सुझाव दिए ।

‘जनशक्तिको पर्याप्ततासँगै अस्पतालको ब्यवस्थापकीय पाटोलाई थप मजवुत बनाएर नागरिकको उपचारलाई थप प्रभावकारी बनाउन तर्फ अस्पताल प्रशासनले ध्यान केन्द्रित गरोस् र यो पहलकदमी लिन सकोस्,’ पोखरेलले भने ।

बिज्ञापन

त्यसक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व जिल्ला अध्यक्ष गौतमले पनि जिल्लाका कोरोना संक्रमितको ज्यान जोगाउने भरपर्दो उपचार थलोका रुपमा यो अस्पताल रहेको बताए ।

छलफलका क्रममा अस्पतालका ब्यवस्थापक ओलीले अस्पतालको ब्यवस्थापन, उपचाररत बिरामी तथा चुनौतीका बारेमा जानकारी गराएका थिए । ‘कोरोना संक्रमितहरुको उपचारका लागि यो अस्पतालको जनशक्ति तथा ब्यवस्थापनका बिषयमा थुप्रै चुनौतीहरु छन्,’ उनले भने ‘तर पनि बिरामीहरुको उपचारका लागि यि चुनौतीहरुलाई सामना गरेका छौँ, उपचारलाई जति सक्यो प्रभावकारी बनाएर बिरामीको ज्यान कसरी जोगाउने भन्नेमै हामी चिन्तित रहँदै आएका छौँ ।

उनले यो अस्तालमा अहिलेसम्म कोरोनाका ८ सय ९५ जना बिरामी उपचारका लागि आएको जानकारी दिए । यो मध्य ७ सय ५१ जना निको भएर घर फर्किएको र अहिले सम्म ५७ जनाको उपचारका क्रममा मृत्यु भएको ओलीले जानकारी दिए ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर