🎧 Radio Namaste



काठमाडौँ उपत्यकामा निषेधाज्ञाको आदेश लम्ब्याउनका लागि बैठक बस्दै

निषेधाज्ञाको आदेश लम्ब्याउनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो १ बजेपछि बस्दैछ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘दिउँसो हामी बैठक बस्दै छौँ। अहिलेसम्मको निषेधाज्ञाको मुल्यांकन गरि अवधि थप गर्ने सम्बन्धमा छलफल हुनेछ। सम्भवतः अझै एक हप्ताका लागि निषेधाज्ञा थप हुनेछ र यो पटक थप कडाईका साथ लागु गरिने छ।’

बिज्ञापन

अहिलेसम्म निषेधाज्ञाको कार्यान्वयन राम्रोसँग भएको बताउँदै उनले संक्रमण नियन्त्रणका लागि थप कडाईको तयारी रहेको उल्लेख गरे।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आउँदो बिहीबार राति सकिँदैछ। काठमाडौँ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको हो।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेसँगै निषेधाज्ञा लागु भएको थियो, त्यसको प्रभाव अहिले देखिन थालेको र संक्रमण दर केही कम हुने क्रममा रहेको सरकार तथा स्थानीय प्रशासनको दाबी छ।

बिज्ञापन

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर