६ लाखभन्दा बढी पुगे अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ता

दोस्रो बजारमा अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ६ लाखभन्दा बढी पुगेको छ । यो गत मंगलबारसम्मको तथ्यांक हो । कोभिड–१९ को दोस्रो लहरको संक्रमणबाट बच्न गरिएको निषेधाज्ञापछि अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढेको नेप्सेले जनाएको छ । ‘हालसम्म अनलाइनमार्फत कारोबार गर्न ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्,’ नेप्सेको तथ्यांकमा उल्लेख छ, ‘पछिल्ला दिनमा युजरनेम र पासवर्ड लिनेको संख्या बढ्दो छ ।’दोस्रो बजारमा अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ६ लाखभन्दा बढी पुगेको छ । यो गत मंगलबारसम्मको तथ्यांक हो । कोभिड–१९ को दोस्रो लहरको संक्रमणबाट बच्न गरिएको निषेधाज्ञापछि अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढेको नेप्सेले जनाएको छ । ‘हालसम्म अनलाइनमार्फत कारोबार गर्न ६ लाखभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्,’ नेप्सेको तथ्यांकमा उल्लेख छ, ‘पछिल्ला दिनमा युजरनेम र पासवर्ड लिनेको संख्या बढ्दो छ ।’

कोभिडको संक्रमणबढेसँगै नियामक निकाय धितोपत्र बोर्डले पनि ब्रोकरलाई सम्भव भएसम्म अनलाइनमार्फत कारोबारको व्यवस्था मिलाउन, बढीमा ३ जना कर्मचारी मात्र कार्यालयमा उपस्थित गराउन र लगानीकर्तालाई अनलाइनमार्फत कारोबार गर्न निर्देशन दिएको छ । यसले पनि अनलाइन कारोबारलाई थप प्रोत्साहन मिलेको जानकारहरू बताउँछन् ।

बिज्ञापन

निषेधाज्ञाका कारण अर्थतन्त्रका धेरै क्षेत्र ठप्प छन् । तर सेयर बजार भने खुला छ । बाहिर निस्कन नपर्ने, आफू रहेकै स्थानबाट अनलाइनमार्फत कारोबार गर्न सकिने भएकाले पनि अहिले सेयर बजारमा सकारात्मक प्रभाव परेको बताइएको छ । यही कारण नेप्सेले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । यसअनुसार गत मंगलबारसम्म नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ७ सय ९३.८९ विन्दुमा पुगेको थियो । यो साता बुधबारबाहेक बाँकी ४ दिन नेप्से परिसूचक बढेको छ । सो अवधिमा नेप्से करिब १ सय १६ अंक बढेको थियो । बुधबार भने नेप्से १३ अंकले घट्यो । सोही कारण बिहीबार नेप्से २ हजार ७ सय ८७ विन्दुमा पुगेर साप्ताहिक कारोबार बन्द भएको थियो ।

नेप्सेका अनुसार यही जेठ ४ (गत मंगलबार) मा हालसम्मकै उच्च १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भए । ‘सो दिन कारोबार रकम, कारोबार संख्या तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो,’ नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्सेले २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो । त्यसपछि दोस्रो बजारका प्रमुख सूचकमा क्रमिक सुधार हँदै आएको नेप्सेले जनाएको छ । दोस्रो बजारमा लगानीकर्ताको संख्या बढेसँगै जोखिम पनि बढ्ने भएकाले संयमित हुने नेप्सेले आग्रह गरेको छ ।

बिज्ञापन

Source:Ekantipur.com

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण