वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछिविपक्षी दलका नेताहरु छलफलमा

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल लगायतका नेताहरु छलफलमा जुटेका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ । 

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र–बाबुराम पक्षको गठबन्धन बनेको थियो । ओलीले विश्वासको मत लिन सकेका थिएनन् । तर दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पनि जुटाउन नसकेपछि हाल संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री छन् ।

तर, प्रधानमन्त्री ओली पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक हुने भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।

बिज्ञापन

नयाँ सरकारको विकल्प दिने समय घर्किंदै जाँदा नेताहरुको व्यस्तता बढेको छ । कांग्रेसले विहानै पदाधिकारी बैठक बसाएर सम्भावित सबै विकल्पमा दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीसँग निकट रहेको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि आफ्ना सांसदहरुसँग छलफल गरेको छ ।

Onlinekhabar.com

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण