Radio Namaste

pause
खेलकुद

डिभिलियर्स इपिएल खेल्न नेपाल आउने

विश्व चर्चित ब्याट्सम्यान एबी डिभिलियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आउने सम्भावना बढेको छ । इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले केहि समय अगाडि इपिएलमा एबी डिभिलियर्सलाई ल्याउने कार्य भइरहेको बताएका छन् । अब डिभिलियर्स अन्तर्राष्ट्रिय क्रिकेटमा नफर्कने भएपछि नेपाल आउने संम्भावना झनै बढेको छ । किनकी अब उनिसँग प्रयाप्त खाली समय हुनेछ ।गएको वर्ष ड्वायन स्मिथ, उपुल थारंगा, लियाम प्लङकेट, कोरी एन्डरसन, हसिम अमला, क्रिस गेल जस्ता खेलाडी ल्याउने तयारी भइसकेको थियो । यो पटक भने दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सलाई इपिएल खेल्न ल्याउने तयारी भइरहेको तर पक्का भने भइनसकेको प्रबन्ध निर्देशक अख्तरले भने । उनले भने, ‘इपिएल खेल्न एबी डिभिलियर्स सकारात्मक छन् । समय पनि राम्रो मिलिरहेको कारण उनले पनि इपिएल खेल्न इच्छा देखाएका छन् । कुरा भइरहेको छ। तर सम्झौता नै भइसकेको छैन ।’
एबी डिभिलियर्स इपिएल खेल्न आउने सकारात्मक भएपनि सञ्चारमाध्यममा आएजस्तो पक्का भइ नसकेको उनले प्रस्ट्याएका छन् – ‘गएको वर्ष उनको कार्यतालिका मिलिरहेको थिएन ।’ त्यसकारणले पनि त्यो समय उनले इपिएल खेल्न इच्छा देखाएका थिएनन् । तर यो पटक भने इपिएल खेल्नका लागि उनले एजेन्टलाई भनिसकेका छन् । उनको एजेन्टसँग मेरो कुरा भइरहेको छ ।

banner

Related posts

पुलिसले जित्यो काठमाडौं मेयर कपको उपाधि

radionamaste

बिभिन्न दलसँग विश्वासको मत माग्दै प्रधानमन्त्री ओली

radionamaste

कोरोना संक्रमित शय्या र अक्सिजन अभावमा फित्रिफित्री, सत्ता जोगाउने र भत्काउने खेलकुदमा मग्न लुम्बिनी प्रदेशका सांसद, मन्त्री र मुख्यमन्त्री

radionamaste

Leave a Comment