राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी

राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए ।

बिज्ञापन

दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उनीहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४, माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् ।

यसैगरी प्रदेश सभामा एमालेका ४१ सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ भने अम्बरबहादुर डाँगीले राजीनामा दिइसकेका छन् । यस्तै कांग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६ छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् ।

प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।

बिज्ञापन
ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण