सरकारले कोरोना संक्रमण रोकथामका लागि बिज्ञान प्रतिष्ठान घोराहीलाई ६ कराेड ८० लाख रूपैयाँ उपलब्ध गरायाे

कोरोना संक्रमण रोकथामका लागि आबस्यक स्रोत साधन तयार पार्न सरकारले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई  ६ कराेड ८० लाख रूपैयाँ उपलब्ध गराएकाे छ ।

अर्थ मन्त्रालयले भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि उक्त बजेटको सहमति दिएको हो । मन्त्रालयका अनुसार कोरोनाको रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।

बिज्ञापन

सरकारले अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
ताजा
एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने
रिलायबल लमही शाखाद्वारा ७ अौ बार्षिक उत्सव सम्पन्न
बिद्यार्थी पुस्ताकाे आकर्षण

संबन्धित समाचार

एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने

रिलायबल लमही शाखाद्वारा ७ अौ बार्षिक उत्सव सम्पन्न

बिद्यार्थी पुस्ताकाे आकर्षण

“त्रिविले गौरवशाली इतिहासलाई निरन्तरता दिन आवस्यक छ”