🎧 Radio Namaste



रोटरीको अभियान अब घरघरमै पिसिआर सेवा

रोटरी क्लव दाङले घरघरमै पिसिआर जाँचको सेवा लिएको छ । पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको र सम्भावित सङ्क्रमितहरुलाई पिसिआर जाँचमा पनि कठिनाई आइरहेको बेला रोटरी क्लव दाङले यस्तो सेवा थालेको हो ।स्वाव संकलनका लागि प्राविधिक व्यवस्थापन दाङको घोराही १५ मा रहेको बिएस डाइग्नोस्टिक एन्ड पोलिक्लिनिक प्रा.लिले गरेको छ ।पिसिआर जाँचका लागि स्वाब दिन कतिपय अशक्त, असहायका लागि अस्पतालसम्म पुग्न, लाइनमा बस्न गाह्रो भएका कारण क्लवले सहजता दिलायन यस्तो अभियान थालेको क्लबका कोअर्डिनेटर मिनराज भाटले बताए ।

पछिल्लो चरणमा जिल्लामा क्लवले कोरोना महामारीको न्यूनीकरण तथा व्यवस्थापनमा क्लवले प्रभावकारी भूमिका निभाउँदै आएको छ । जिल्लामा देखिएको अक्सिजनको अभावलाई व्यवस्थापन गर्दै आएको क्लवले अटो एम्बुलेन्स पनि सञ्चालन गर्दै आएको छ ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर