निषेधाज्ञाको असर रियालिटी शोहरुमा

निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञाअघि छायांकन भएकाले निषेधाज्ञाको तीन सातासम्म शो प्रशारणमा समस्या भएन ।

बिज्ञापन

शोको ब्याटल राउण्ड शनिबारबाट सकिएको छ । शो अब नकआउट राउण्डमा प्रवेश गर्नेछ । तर, निषेधाज्ञाका कारण नकआउट राउण्डका भागहरु छायांकनमा समस्या भएको छ ।

सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै दर्शकविना नकआउट राउण्डका केही भाग छायांकन भएपनि पुरा भने भएको छैन । यो साता पनि नयाँ एपिसोड ल्याउने कोसिस भइरहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

अर्को चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चित कालका लागि स्थगित भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सिजन २ को नयाँ भागहरु छायांकन गर्न नसकिएपछि प्रशारण स्थगित गरिएको हो ।

बिज्ञापन

‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार साँझ ९ः१० बजेबाट प्रशारण हुँदै आएको थियो । अघिल्लो शनिबारसम्म यो रियालिटी शो प्रशारण भएको थियो । ‘कमेडी च्याम्पियन सिजन–२’ १६ भाग प्रशारण भइसकेको छ ।

‘दोहोरी टेलिभिजन रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’ निषेधाज्ञामा पनि प्रशारण भईरहेको छ । शो नेपाल टेलिभिजनमा हरेक शनिबार बेलुका ८ः५० बजे प्रशारण हुँदै आएको छ । हिजो शनिबारसम्म शोको १० भाग प्रशारण भईसकेको छ ।

‘दोहोरी च्याम्पियन’का कार्यक्रम संचालक गायक बद्री पंगेनी आगामी शनिबारसम्मको भाग तयार रहेको बताउँछन् । ‘आगामी शनिबारसम्म नयाँ भाग प्रशारण हुन्छ’ उनले भने, ‘त्यसपछि के गर्ने सल्लाह हुँदैछं ।

SOURCE : ONLINE KHABAR

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण