🎧 Radio Namaste



भैरहवामा ४० सिलिन्डर अक्सिजन एयरलिफ्ट

 नेपाली सेनाको हेलिकप्टरले भैरहवामा आवश्यक ४० अक्सिजन सिलिन्डर एयरलिफ्ट गएर पुर्‍याएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अनुरोधमा बुधबार बेलुकी काठमाडौंबाट गएको सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पुर्‍याएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ती अक्सिजनका सिलिन्डरहरु भीम अस्पताल र लुम्बिनी अस्पतालका लागि लगिएका हुन् । अक्सिजनको अभावमा बुधबारमात्रै भीम अस्पतालमा तीनजनाले र बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा पाँचजनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन

उनले अक्सिजन ढुवानी गर्ने र अन्य सामग्री ढुवानी गर्नको लागि सेनाको हेलिकप्टर र जहाज दुवै तयारी अवस्थामा रहेको पनि बताए । ‘हामीलाई सीसीएमसीबाट अनुरोध आउने बित्तिकै उपत्यकाभित्र सवारी साधन र बाहिर आवश्यकताअनुसार हवाई साधन नै प्रयोग गर्ने गरि तयारी अवस्थामा राखेका छौ,’उनले भने ।

केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष जिल्ला सुरक्षा समिति रुपन्देहीले अक्सिजन उपलब्ध गराइदिन माग गरिएपछि सिमरा र भरतपुरबाट अक्सिजन झिकाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर