🎧 Radio Namaste



जसपा कुनै पनि सरकारमा सहभागी हुदैन :अध्यक्ष महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको प्रतिक्रिया आएको हो ।

केन्द्रीय अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताप्राप्तिभन्दा पनि एजेन्डाको सम्बोधनको विषयमा केन्द्रित भएको बताएका छन् । उनले जसपा नेपाल केपी शर्मा ओली नेतृत्वको सरकार र वैकल्पिक सरकार दुवैमा सहभागी नहुने बताएका छन् ।

बिज्ञापन

उनले अहिलेको अवस्थामै सरकारमा सहभागी हुनु भनेको पार्टीको उद्देश्य र मधेस आन्दोलनको मर्म र भावनाको प्रतिकुल हुने पनि बताएका छन् । साथै उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सकारात्मक ढंगले काम अगाडि बढाइरहेको पनि बताएका छन् ।यसैबीच जसपाका स‌ंघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अहिले बल पार्टीहरुको कोर्टमा रहेको बताएका छन् । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्ने पनि उनले बताएका छन् ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर