राष्ट्रिय बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट

राष्ट्रिय बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ)ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ । एकैदिन १ हजार ५ सय ४१ रुपैयाँले बढ्दा संस्थापक समूहतर्फको सेयर मूल्य प्रति कित्ता १६ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

लामो समयदेखि साधारण सभा तथा लेखापरीक्षण समेत यस कम्पनीले गराउन सकेको छैन । लामो समयदेखि रोकिएको आकर्षक लाभांश दिने आशले यस कम्पनीको सेयर मूल्यमा आकर्षण देखिएको जानकारहरु बताउँछन् ।

राष्ट्रिय बिमा कम्पनी पछि धेरै सेयर मूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु हाइड्रोपावर देखिएको छ । यी दुबै कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण