🎧 Radio Namaste



राष्ट्रिय बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट

राष्ट्रिय बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ)ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ । एकैदिन १ हजार ५ सय ४१ रुपैयाँले बढ्दा संस्थापक समूहतर्फको सेयर मूल्य प्रति कित्ता १६ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

लामो समयदेखि साधारण सभा तथा लेखापरीक्षण समेत यस कम्पनीले गराउन सकेको छैन । लामो समयदेखि रोकिएको आकर्षक लाभांश दिने आशले यस कम्पनीको सेयर मूल्यमा आकर्षण देखिएको जानकारहरु बताउँछन् ।

राष्ट्रिय बिमा कम्पनी पछि धेरै सेयर मूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु हाइड्रोपावर देखिएको छ । यी दुबै कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर