🎧 Radio Namaste



बिभिन्न दलसँग विश्वासको मत माग्दै प्रधानमन्त्री ओली

आफू संसदमा अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र लचिलो रुपमा प्रस्तुत भएका छन् । २७ गते संसदमा हुने विश्वासको मतदानमा पार्टी भित्रकै माधव नेपाल–झलनाथ खनाल पक्षले भोट नहाल्ने देखिएपछि प्रधानमन्त्री ओलीले सहमतिको लागि पहल सुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सहमति भएको खण्डमा यसअघि गरेका सम्पूर्ण कारबाही फिर्ता गर्ने गरी तयारी सुरु गरेका छन् । सोही अनुसार बिहीवार र हिजो दुई पक्षका नेताहरुकाबीचमा चरण, चरणमा छलफल भएको भए पनि सहमति भने हुन सकेको छैन । हिजो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले प्रधानमन्त्री ओलीसँग कुनै पनि किसिमको सहमति नभएको प्रष्ट पारेका छन् ।

बिज्ञापन

२७ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिदै छन् । तर, काँग्रेस, माओवादी केन्द्र र नेपाल पक्षले विश्वासको मत दिन नसकिने प्रष्ट पारिसकेको छ । यता जनता समाजवादी पार्टीले भने हालको परिस्थितिमा पक्ष विपक्ष कतै पनि नलाग्ने गरी निर्णय गर्ने अन्तिम तयारीमा पुगेको छ ।

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित