🎧 Radio Namaste



राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाई सिलिण्डर प्रदान

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । प्रतिष्ठानका बिरामीलाई अक्सिजन अभाव हुदा घोराही उपमहानगरपालिकाले ५० सिलिण्डर अक्सिजन ग्याँस प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर प्रदान गर्नु भएको हो ।
प्रतिष्ठानमा अक्सिजन अभाव हुदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या हुदै आएको थियो । उपमहानगरपालिकाले अक्सिजन दिएपछि प्रतिष्ठानले २५ बेडको अक्सिजन सहितको आईसोलेशन थप गरेको निर्देशक बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा भरिएका र खाली गरी हाल १२० सिलिण्डर अक्सिजन ग्याँस छन् ।

प्रतिष्ठानमा थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आई.सि.यु र भेन्टिलेर संचालन गर्ने तयारी गरिएको छ । कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय गरेकोमा पहिलो चरणको रकम उपलब्ध गराएको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामीको उपचार हुदैछ ।

बिज्ञापन

source: kanikakhabar.com

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर