🎧 Radio Namaste



राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाई सिलिण्डर प्रदान

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । प्रतिष्ठानका बिरामीलाई अक्सिजन अभाव हुदा घोराही उपमहानगरपालिकाले ५० सिलिण्डर अक्सिजन ग्याँस प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर प्रदान गर्नु भएको हो ।
प्रतिष्ठानमा अक्सिजन अभाव हुदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या हुदै आएको थियो । उपमहानगरपालिकाले अक्सिजन दिएपछि प्रतिष्ठानले २५ बेडको अक्सिजन सहितको आईसोलेशन थप गरेको निर्देशक बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा भरिएका र खाली गरी हाल १२० सिलिण्डर अक्सिजन ग्याँस छन् ।

प्रतिष्ठानमा थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आई.सि.यु र भेन्टिलेर संचालन गर्ने तयारी गरिएको छ । कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय गरेकोमा पहिलो चरणको रकम उपलब्ध गराएको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामीको उपचार हुदैछ ।

बिज्ञापन

source: kanikakhabar.com

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित